गायन रियालिटी शो ‘नेपाल लोक स्टार’ को आजको एपिसोड हेर्नुहोस (पुरा भिडियो)

काठमाडौँ । नेपालमा विभिन्न चर्चित अन्तरास्ट्रिय गायन रियालिटी शोहरुको फ्रेंचाइस भित्र्याई रहेको बेला एउटा आफ्नै संस्कृति बोकेको गायन रियालिटी शो प्रशारणमा ल्याइएको छ । नेपाल लोक स्टार नाम दिइएको यस कार्यक्रम देशभरका लोक गितमा दखल राख्नेहरुको लागि सुवर्ण अवसर हुनेछ । हिमाल पहाड तराई मेची देखि महाकालीका विभिन्न भेगमा गाइने मौलिक लोक भाकाको संरक्षण पनि हुने र आफ्नो पहिचानको पनि निरन्तरता हुने हुनाले यो गायन रियालिटी शोलाई छुट्टै महत्वका साथ् हेरिएको छ ।

समय संगै विदेशी नक्कलले आफ्नो मौलिकता हराउदै गएको बेला यस प्रकारको कम्पिटिसनहरु आयोजना हुनाले भाबि सन्ततिलाई पनि आफ्नो मौलिक लोक संस्कृति बारे जानकारी हुने अपेक्षा गरिएको छ ।

देशभरबाट लोक गायनमा खारिएका प्रतिभा खोज्ने यस रियलिटी शोमा शीर्ष उपाधी जित्नेले ५० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी दोस्रो हुनेले २५ लाख रुपैयाँ र तेस्रो हुनेले १० लाख रुपैयाँ नगद प्राप्त गर्नेछन् ।

नेपाल लोक स्टारको चौथो एपिसोडमा जनकपुर अडिसन भएको छ । हेर्नुहोस पुरा भिडियो :