घुँडामा ब्यान्डेज बाँधेरै प्रियंका पुगिन् रैपअप पार्टीमा, आखिर के भएको थियो उनको घुँडामा ?

काठमाडौं, २९ जेठ । बलिउड अभिनेत्री प्रियंका चोपडा अभिनित फिल्म ‘द स्काई इज पिंक’को छायांकन सकिएपछि मंगलबार रैपअप पार्टीको योजना गरेको छ ।

सो पार्टीमा प्रियंका चोपडा व्हाइट कलरको छोटो पहिरनमा येलो कलरको हील्समा सजिएर उपस्थित भएकी थिइन् । प्रियंकाको घुँडामा चोट लागेको सजिलै देख्न सकिन्छ ।

पार्टीमा पुगेकी प्रियंकाको घुँडामा ब्याण्डेज बाँधिएको थियो । आखिर प्रियंकाको घुँडामा कसरी चोट लाग्यो भन्ने बारेमा भएन केहि खुलाइएको छैन ।

फिल्ममा प्रियंका चोपडा, फरहान अख्तर लगायतका कलाकारको अभिनय छ ।