चलचित्र ‘नाई नभन्नु ल ५’ युट्युब ट्रेन्डिङको पहिलो स्थानमा (पुरा फिल्मसहित)

काठमाडौँ, २९ जेठ । चलचित्र ‘नाई नभन्नु ल ५’ युटुब ट्रेन्डिङको पहिलो स्थानमा आएको छ ।

गतवर्ष रिलिज भएको चलचित्र दर्शकले अत्याधिक रुचाएका थिए । दर्शकको त्यो मायाँ युट्युबमा पनि उत्तिकै देखिएको छ ।

करिब ९ महिनापछि युटुबमा आएको चलचित्रले सार्वजनिक भएको २ दिनमै ४० लाख बढी भ्यूज पाएको थियो ।

गत वर्ष बक्स अफिसमा हिट भएको चलचित्रलाई धेरै दर्शकहरुले युटुबमा हेरेर रोएको प्रतिक्रिया दिएका छन् ।

किनभने चलचित्रको कथा वस्तु ,पात्र र विशेषत बाल–कलाकार सेड्रिना शर्माको कामलाई पनि मन पराएका छन् । त्यस्तै कतिपय दर्शकहरुले साना साना बालबालिकालाई प्रेम गर्न सिकाएको भनेर आलोचना समेत गरेका छन् ।

पूरा चलचित्र हेर्नुहोस्-