नेकपा बरिष्ठ नेता वामदेव गौतमले पत्नी तुलासालाई गुलाफको फूल दिएर भ्यालेन्टाइन डे मनाएको तस्विर भाइरल !

काठमाडौं, २ फागुन । विश्वभर आज भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाइरहेका बेला नेकपाका उपाध्यक्ष वामदेव गौतमले पत्नी तुलासा थापालाई गुलाफको फूल दिएर प्रणय दिवसको शुभकामना दिएको तस्विर अहिले सामाजिक संजालमा भाइरल भएको छ ।

भैंसेपाटीस्थित आफ्नै निवासमा नेता गौतमले पत्नी तुलासालाई गुलाफको फूल दिएर भ्यालेन्टाइनको शुभकामना आदन प्रदान गरेका हुन् ।

गौतमका छोरा हरिश गौतमले आफ्नो फेसबुकमा ‘रोमान्टिक बाबाआमाको अगाडि हामी त फिक्का’ भन्दै बाबुले आमालाई फूल दिइरहेको तस्बिर पोस्ट गरेका छन् ।

हरिशले पोस्ट गरेको तस्बिरमा उपाध्यक्ष गौतमले श्रीमती तुलसालाई घुँडा टेकेर गुलाफको फूल दिएका छन् ।

नेता गौतमले जन्मदिन, प्रणय दिवसका बेला सधैं पत्नीलाई गुलाफको फूल दिने गरेका छन् ।