प्रहरी महानिरीक्षक ज्ञवालीले सातै प्रदेशका प्रहरी कार्यालयका निमित्त प्रमुखहरुलाई भिडियो कन्फेरेन्सद्वारा दिए निर्देशन

काठमाडौं, २ फागुन । नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले प्रहरी प्रधान कार्यालयबाट भिडियो कन्फेरेन्सद्वारा ७ वटै प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुखहरुलाई शान्ति सुरक्षा तथा समसामयिक विषयमा बिहीबार निर्देशन दिनुभएको छ ।

प्रहरी महानिरीक्षक ज्ञवालीले जस्तोसुकै सुरक्षा चुनौतीलाई समाधान गर्न प्रहरी सक्षम रहेको उल्लेख गर्दै त्यस्ता चुनौतीहरुको समाधान गर्न उच्च सतर्कताकासाथ प्रहरी परिचालन गरी आ क्रा मक रुपमा प्रस्तुत हुन निर्देशन दिनुभयो ।

आवश्यकताअनुसार प्रदेश सरकार, सम्बन्धित निकाय, स्थानीय तह, स्थानीय प्रशासनसँग समेत समन्वय गरी उच्च प्रतिफल आउने गरी काम गर्नुपर्ने उहाँले बताउनुभयो ।

प्रहरी महानिरीक्षक ज्ञवालीले कुनै पनि घटना, दु र्घ टना भएमा तत्काल आवश्यकता अनुसार प्रहरी परिचालन गरी विधि तथा प्रक्रिया सम्मतरुपमा कानुनी कारवाही अगाडि बढाउनुपर्ने बताउनुभयो ।