एसी मिलानसंग विवादास्पद पेनाल्टीका कारण हारबाट जोगियो युभेन्टस

एजेन्सी, २ फागुन । बिहिबार भएको इटालियन कोपाकपको सेमिफाइनलको पहिलो लेगमा विवादास्पद पेनाल्टीमा गोल गरेपछि युभेन्टस एसी मिलानसँग बराबरीमा रोकिएको छ । युभेन्टस र एसी मिलान १-१ गोलको बराबरीमा रोकिएका हुन् ।

६१ औं मिनेटमा एसी मिलानका लागि रेबिकले गरेको गोलमा पछि परेको युभेन्टसले अतिरिक्त समयको पहिलो मिनेटमा प्राप्त पेनाल्टीबाट बराबरी गरेको हो ।

भिएआरको सहयोगमा युभेन्टसले सो पेनाल्टीको अवसर पाएको थियो । सो पेनाल्टीलाई क्रिष्टियानो रोनाल्डोले गोलमा परिणत गरेका थिए ।

त्यसअघि थियो हेर्नानडेज दोहोरो पहेंलो कार्ड खाँदै मैदान बाहिर जान बाध्य भएपछि एसी मिलान १० खेलाडीमा सिमित हुन पुगेको थियो ।

एसी १० खेलाडीमा सिमित भएपनि युभेन्टसले त्यसको खासै फाइदा भने लिन सकेन ।