नेपालमै बन्यो विश्वको अग्लो बञ्जीजम्प :नेपालीलाई निकै सस्तो, कति पर्छ हेर्नुहोस (स्थलगत रिपोर्ट सहित)

पोखरा । विश्वकै दोस्रो अग्लो बन्जीजम्प पर्वतमा निर्माण भईरहेको छ । उक्त बन्जीजम्पको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । विश्वकै दोस्रो अग्लो बन्जीजम्प दावी गरिएको बन्जीजम्प यहि माघ महिना सम्ममा संचालनमा ल्याउने तयारीमा निर्माण कम्पनी रहेको छ ।

विश्व कै अग्लो पुल रहेको स्थान मै बन्जी जम्प पनि निर्माण भएको हो । कालीगण्डकीको खोंच पर्वतको कुश्मा र बागलुङको बलेवालाई ५ सय २० मिटर लामो झोलुंगोमा जोडेर त्यसैमा बन्जीजम्प निर्माण भईरहेको छ । बन्जीजमको उचाई २ सय २८ मिटर हुनेछ । बन्जीजम्पका साथै स्काई साइक्लिङ र स्वीङ पनि निर्माण हुनेछ । नेपाली र विदेशीका करिब १२ करोड रुपैयाँ लगानीमा निर्माण भएको हो । द क्लिफ कम्पनीको नामबाट बन्जीजम्प संचालन हुनेछ ।

आज हामीले तपाईहरुलाई नेपालमै बन्न लागेको दोश्रो अग्लो बञ्जीज्म्प र यसको बारेमा जानकारी दिदैछौँ । हेर्नुहोस यो भिडियोमा ।