‘शुभ तिहार’ भन्दै आए धमला

काठमाडौं, ६ कार्तिक । नेपालीहरुको महान चाड तिहार नजिकिरहेका बेला देउसी -भैलो गीत धमाधम सार्वजनिक भैरहेका छन् । यसै क्रममा गायक विक्रम धमलाले पनि तिहारको अवसर पारेर देउसी रे भाकाको गीत बजारमा ल्याएका छन् ।

गायक धमलाकै शब्द, डम्बर लिम्बुको संगीत संयोजन रहेको ‘देउसी रे’ बोलको गीतलाई धमालाकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

युट्युबमार्फत गीती अडियो सार्वजनिक गरेका धमलाले छिट्टै भिडियो समेत सार्वजनिक गर्ने बताएका छन् । गायक धमलाले यसअघि दर्जनौं गीत बजारमा ल्याइसकेका छन् ।

अडियो सुन्नुहोस्-