जोन अब्राहमको कमेडीले भरिपूर्ण फिल्म ‘पागलपन्ती’ को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)

एजेन्सी, ६ कार्तिक । कमेडीले भरिएको बलिउड फिल्म ‘पागलपन्ती’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा जोन अब्राहम, अनिल कपूर, अरशद वापसी र सौरभ शुक्ला कमेडी अवतारमा देखिएका छन् । ट्रेलरले दर्शकलाई कन्फ्यूज बनाइदिएको छ ।

यस फिल्मलाई अनीस बज्मीले निर्देशन गरेका हुन् । बज्मीले यसअघि नै ’नो इन्ट्री’, ’वेलकम’, ’सिंह इज किंग’, ’रेडी’ जस्ता हिट फिल्म निर्देशन गरिसकेका छन् । फिल्ममा अन्य कलाकारहरुमा इलियाना डिक्रूज, पुलकित सम्राट, कृति खरबन्दा, उर्वशी रौतेला रहेका छन् ।

फिल्म २२ नोभेम्बरमा रिलिज हुने बताइएको छ । ट्रेलर हेर्नुहोस् –