‘युइएफए लिग’मा मेस्सीको रेकर्ड तोडे एम्बाप्पेले

एजेन्सी, ६ कार्तिक । फ्रान्स तथा पिएसजीका स्टार केलियन एम्बाप्पेले ‘युइएफए च्याम्पियनस लिग’मा रहेको लिओनल मेस्सीको रेकर्ड तोडेका छन् ।

यसअघि मेस्सीले २१ बर्ष २२८ दिनको सानै उमेरमा ‘युइएफए च्याम्पियन लिग’मा १५ गोल गरेर नयाँ रेकर्ड बनाएका थिए । तर एम्बाप्पेले भने सोेही लिगमा २० वर्ष ३०६ दिनमै १७ गोल गरेर अर्को रेकर्ड कायम गर्दै मेस्सीको रेकर्ड तोडेका हुन् ।

यसका साथै एम्बाप्पे युइएफएमा १५ गोल पूरा गर्ने कान्छा खेलाडी बनेका छन् । उनले क्लब ब्रुगविरुद्ध पहिलो गोल गरेसँगै नयाँ रेकर्ड उनको नाममा बसेको हो । एम्बाप्पे सामेल टिमले प्रतिद्वन्दी क्लब ब्रुगविरुद्ध ५ गोल लगाएर सानदार जित निकालेका थियो ।

उनी खेलको ५२ औं मिनेटमा इरिक मेक्सिमको स्थानमा ठाउँमा प्रवेश गरेका उनले ३२ मिनेटकै अवधिमा ३ गोल गरेका थिए । एम्वाप्पेले ६१ औँ मिनेटमा पहिलो गोल गर्दै गरेका थिए । उनको यो पहिलो गोलले नै मेस्सीको नाममा रहेको रेकर्ड तोडियाे ।

त्यसैगरी उनले खेलको ७९औँ र ८३औँ मिनेटमा मारियाको पासमा ह्याट्रिक पूरा गरेका थिए ।