टी २० क्रिकेट सिरीज: करणको उत्कृष्ट प्रदर्शनले नेदरल्यान्ड्सलाई नेपालले हरायो

काठमाडौँ । टी २० क्रिकेट सिरीजमा नेपालले नेदरल्याण्ड्सलाई सजिलै पराजित गरेको छ । करण केसीको उत्कृष्ट प्रदर्शनसँगै नेपालले जित हासिल गरेको हो। नेपालले चार विकेटको जित हासिल गरको हो ।

टस जितेर पहिले बलिङ रोजेको नेपालले नेदरल्यान्ड्सलाई एक सय ३३ रनमा समेटेको थियो । १ सय ३४ रनको सामान्य लक्ष्य भेट्टाउन नेपाललाई निकै संघर्ष गर्नुपर्‍यो । पहिलो विकेटका लागि पवन सराफ र पारस खड्का विच २५ रनको साझेदारी भएको थियो । तर पवन मात्र नौ रनमा आउट भएपछि नेपालले २५ रनमा पहिलो विकेट गुमायो ।

त्यसपछि क्रिजमा आएका आरिफ शेखपनि धेरैबेर क्रिजमा टिक्न सकेनन् । उनीमात्र दुई रनमा पेभेलियन फर्किएपनि नेपालले २९ रनमा दोस्रो विकेट गुमायो ।

त्यसपछि दिपेन्द्र ऐरी पनि सस्तैमा आउट भए । नेपालको पारीमा राम्रो योगदान गरिरहेका कप्तान पारस खड्का ब्यक्तिगत ३३ रनमा आउट भएपछि नेपालले ७४ रनमा चौथो विकेट खेर फाल्यो ।

त्यसपछि क्रिजमा आएका रोहित कुमार पौडेलपनि धेरैबेर टिक्न सकेनन् । नेपालको स्कोर ९३ रन हुदाँ उनी ५ रनमा आउट भए । जसका कारण नेपालले ९३ रनमा पाँचौ विकेट गुमायो ।

मध्यक्रमका खेलाडी विच राम्रो तालमेल हुन नसकेको खेलमा नेपालले एक सय ६ रन हुदाँ छैटौ विकेट खेर फाल्यो । विनोद भण्डारी दुई पटक जीवनदान पाउँदापनि २६ रनमा आउट भए ।

अन्तिम ओभरमा नेपाललाई जितका लागि १७ रन चाहिएको थियो । क्रिजमा करण केसी र सोमपाल कामी थिए । जसमा करणले अन्तिम ओभरको पहिलो बलमा छक्का प्रहार गरे भने दोस्रो बल डट खेले । तेस्रो बलमा चौका प्रहार गरेका करणले चौथो बलमा पनि चौका प्रहार गरे ।

ओमान क्रिकेट संघका टर्फ मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको डच टिमले १९ ओभर तीन बलमा एक सय ३४ रनमा अलआउट भयो । नेपालले दोस्रो ओभरमा नै विकेट लिन सफल भएको छ । नेपालका लागि सन्दिप लामिछाने र करण केसीले समान ४–४ विकेट लिएका थिए ।