सरकार विरुद्ध नेविसंघले निकाल्यो मसाल जुलुस, एक दर्जन नेता -कार्यकर्ता प्रहरी नियन्त्रणमा ! (फोटोफिचर)

काठमाडौं, २६ असार । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ नेविसंघले सरकार विरुद्ध निकालेको मसाल जुलुसमा झन्डै आधा दर्जन नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसरी प्रहरी नियन्त्रणमा पर्नेमा केन्द्रिय सदस्य सुशील भट्ट विद्यार्थी नेताहरु निरन्जन थापा, पवन, थापा, सुबास घिमिरे, सुदिप राना, सौरब घिमिरे, सन्देश पन्त, सुशील ढकाल, प्रदिप जङ साह, अमृत लामिछाने, उत्सव अवस्थी र अनिल महर्जन रहेका छन् ।

सरकारले भारतबाट आयातित विषाक्त तरकारी तथा फलफूल विना चेकजाँच नेपाल भित्रन दिएको भन्दै त्यसको विरुद्ध नेविसंघ बिहीबार राजधानीको विभिन्न स्थानमा मसाल जुलुस निकालेको हो ।

बालाजुस्थित बाइसधाराबाट निकालिएको उक्त जुलुस बालाजु चोकमा आई सम्पन्न भएको थियो ।

मसाल जुलुसका केहि तस्बिर हेर्नुहोस्-