अन्तत छविराज ओझा र शिल्पा पोखरेल बोले, महानगरीय प्रहरी परिसर टेकुमा भयो यस्तो (पुरा भिडियो)

काठमाडौँ । अभिनेत्री शिल्पा पोखरेलले आफ्नो श्रीमान छविराज ओझा विरुद्ध एकाएक प्रहरीमा उजु*री गरेपछि माहोल गर्माएको थियो । तर आज बिहिबार निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरलेबिच महानगरीय प्रहरी परिसर,टेकुमा सहमति भएको छ ।

शिल्पाले घरेलु हिं*सा भएको भन्दै काठमाण्डौ प्रहरी परिसरमा पति छविराज ओझा विरुद्ध उ*जुरी गरेकी थिइन् । छवि र शिल्पाले विवाह भएको लुकाउँदै आएका थिए । एकाएक डिर्भाेसको खबर आउँदा माहोल निकै तातेको थियो । छविराज ओझाकी शिल्पा चौथो श्रीमती हुन् । उनले ओझाले निर्माण गरेको फिल्म ‘लज्जा’बाट चलचित्रमा डेब्यु गरेकी हुन् ।

उनीहरु बीच आगामी दिनमा झगडा नगर्ने भन्दै लिखित सम्भौता भएको हो । तर, ओझाले डिर्भोस नदिने उल्लेख गरेका छन् । घरझगडा भएपछि शिल्पा अहिले दाई बनाएकी विकाश रौनियारको घरमा बस्दै आएकी छिन् । टेकु निस्किएपछि पनि शिल्पा दाइ रौनियारकै गाडीमा बसेर गइन् । गाडीमा उनी रोइ रहेकी देखिन्थिन् । प्रतिक्रिया दिनुस भनेपछि शिल्पाले भनिन – ”मलाई जे पर्यो मैले भोगे, कसैलाई दुख्दैन मलाई मात्र दुख्छ, यदि कसैलाई त्यस्तै पिर परेको छ त्यस्तै पिडा परेको छ भने कृपया आउन सक्नु हुन्छ । म आए भने तपाईहरु पनि नडराई आउनु ।”

शिल्पाका अनुसार छबी राज ओझाले शिल्पासंग माफी मागेका छन् । अब देखि त्यसो नगर्ने सहमति भएको बताएका छन ।

पुरा भिडियो हेर्नुहोस :

०००

यो पनि

जेठी छोरीलाई ब*लात्का*र गर्दै बाबुले बनाएको भिडियो कान्छी छोरीले देखेपछि क*लंकि*त बाबुको कर्तुत पर्दाफास

नेपालगञ्ज, २६ असार । नेपाली समाजमा दिनानुदिन आ*परा*धिक घटनाले बिकराल रुप लिइरहेको छ । दिनहुँ ह*त्या र ब*लात्का*रजस्तो ज*घन्य अ*पराध भइरहेको छ । यसैबीच कञ्चनपुरमा आफ्नै बाबुबाट एक १४ वर्षीया छोरी ब*लात्कृ*त भएको घटना सार्वजनिक भएको छ ।

जिल्लाको पुनर्वास नगरपालिकाका ३९ वर्षीय बाबुले आफ्नै जेठी छोरीलाई ब*लात्का*र गरेका भिडियो कान्छी छोरीले देखेपछि घटना सार्वजनिक भएको हो ।

मंगलबार राति बाबुले जेठी छोरीलाई ब*लात्का*र गर्दा बनाएकोे भिडियो कान्छी छोरीले मोबाइलमा देखेपछि आफूलाई बताएको आमाको भनाइ छ । उनले घटनाबारे छरछिमेकमा हल्ला चलेपछि छिमेकीले नै प्रहरीलाई खबर गरेको बताएकी छन् ।

घरमै छोरीको ब*लात्का*र गरेको भन्ने जानकारी आएको पुनर्वास नगरपालिका–१ का वडा सदस्य पृथमसिंह रानाले बताएका छन् । उनले पशुवत व्यवहार गर्नेमाथि कडा भन्दा कडा कार्वाही हुनुपर्ने बताएका छन् ।

छोरीलाई ब*लात्का*र गरेको आरोप लागेका बाबुलाई प्रहरीले बुधबार राति नै प*क्राउ गरेको छ ।

०००

यो पनि

व्यास नगरपालिकाको नगरसभामा म*दिराको पार्टी, म*दिरा पार्टी पछी यसरी नाचे जनप्रतिनिधि र कर्मचारीहरु (पुरा भिडियो)

काठमाडौँ, २६ असार । बुधबार सम्पन्न ३१ औं नगरसभाको निर्णय सार्वजनिक गर्न व्यास नगरपालिकाद्वारा आयोजित पत्रकार सम्मेलन सकिएलगत्तै नगर प्रमुखसहित नगरसभा सदस्यहरु म*दिरा सेवन गर्दै नाचेको प्रष्टै देखिन्छ । व्यास नगरपालिकाको सभाहल मै गरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरु निर्धक्क म*दिरा सेवन गरिरहेका देख्दा स्थानीय अचम्ममा परेका थिए । यसरी नगरसभाको व्यानर नै नहटाइ गरिएको यस्तो गतिविधि आलोचनाको विषय बनेको छ ।

तस्विर : गण्डकन्युज

सहायक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले सरकारी रकमबाट म*दिरा सेवनसहितको पार्टी आयोजना गर्नु गैरकानुनी हुने बताएका छन् । जनस्तरबाटै घटनाको आलोचना भैरहेपनि कार्वाही कसले गर्ला भन्ने प्रश्न उठेको छ ।

तस्विर : गण्डकन्युज

उक्त सभामा वल्ड दरबार र टुबोर्ग जस्ता महंगा ब्राण्डका म*दिराको सेवन भएको थियो । प्रचलित कानुन अनुसार सरकारी कार्यालयमा कार्यालय समयमा म*दिरा सेवन गर्नु कानुन विपरीत मात्र हैन अशोभनीय पनि हो ।

सार्बजनिक भएको भिडियो हेर्नुहोस :

०००

यो पनि

को हुन् यी मानिस ? जो पशुपति क्षेत्र भित्र बागमती नदि बीच ध्यानमा छन (पुरा भिडियो)

काठमाडौँ । काठमाडौँको पशुपतिनाथ नेपाल कै ठुलो धार्मिक गन्तव्य हो । यहाँ नेपाली मात्र नभएर विदेशी पर्यटकहरुको पनि ठुलै आवाज जावत हुन्छ । पछिल्लो समय पशुपति क्षेत्रमा देखिएको यो दृश्य हेरि रहँदा तपाईलाई पनि अनौठो लाग्न सक्छ । दृश्यमा साधकले गरिरहेको जल साधना आफैमा एउटा अन्र्तध्यानको यात्रा हो । बागमतिको पानीमाथि घण्टौं जल साधनामा लिन रहने यी बाबा भने सनातन बाबा हुन् ।

बाल्यकालमा महलको राजकिय जीवन व्यतित गरेका यी बाबाभित्र सुन्दा पनि मन कटक्क खाने गहिरो बज्रपातको हृदयविदारक व्यथा रहेछ । स्तब्ध बनाउने छुट्टै कथा रहेछ । सोही दिनको जल साधनाको अवधि सकेपछि उनै बाबासँग हामीले जिन्दगीका केही तिता मिठा क्षणहरुबारे खोताल्ने प्रयास गरेका छौ । उनि माथि परेको बज्रपातको तितो अनुभवलाई उनले अध्यात्मिक तरिकाले भुल्दै आएका छन । उहासंग गरिएको कुराकानी हेर्नुहोस :

०००

यो पनि

तनहुँ कालिका शहीद शान्तिपार्क धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै

–कृष्ण न्यौपाने

दमौली, २६ असार । तनहुँ व्यास नगरपालिका–४ स्थित तनहुँ कालिका शहीद शान्तिपार्कभित्र निर्माणाधीन अवस्थामा रहेको कालिका मन्दिरमा मूर्ति प्रतिस्थापन गरिएको छ ।

एक सय नयाँ पर्यटकीय गन्तव्यका रुपमा सूचीकृत यस ठाउँलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यले रु चार लाख ४० हजारको लागतमा निर्माण गरिएको मूर्ति प्रतिस्थापन गरिएको पार्कका अध्यक्ष मोतीकुमार श्रेष्ठले जानकारी दिनुभयो । मूर्तिकार पृथ्वीनारायण श्रेष्ठले उक्त मूर्तिको निर्माण गर्नुभएको हो ।

कालिका मन्दिर निर्माणका लागि हालसम्म रु एक करोड ४३ लाख खर्च भएको पार्कका कोषाध्यक्ष एकबहादुर रानाले जानकारी दिनुभयो । रानाका अनुसार मल्लकालीन प्यागोडा शैलीको मन्दिर निर्माणको कार्य ७० प्रतिशत पूरा भएको छ । तीन तले र ५५ फिट उचाइको मन्दिरमा विभिन्न नामका देवीदेवताका आकृति भएको ४० वटा टुँडाल हालिएको छ भने २० वटा टुँडाल हाल्न बाँकी छ । मन्दिरमा नौ फिट उचाइको गजुर राखिसकिएको छ भने मन्दिरमा तामाको छानो छाउन बाँकी रहेको रानाले जानकारी दिनुभयो । करीब रु तीन करोडको लागतमा मन्दिरको सम्पूर्ण काम सम्पन्न हुने अनुमान गरिएको रानाले जानकारी दिनुभयो ।

दमौली बजारबाट एक किलोमिटर दूरीमा पर्ने पार्कभित्र सरकार, निजी क्षेत्र र स्थानीयवासीको सहयोगमा केही पूर्वाधार निर्माण सम्पन्न भइसकेको छ भने गुरुयोजनाअनुसारको थप पूर्वाधार निर्माण हुन बाँकी रहेको छ । रानाका अनुसार, पार्कलाई गुरुयोजनाअनुसार विकास गर्न रु पाँच करोडभन्दा बढी बजेट आवश्यक पर्दछ ।

शान्तिपार्क पुग्नका लागि १६ फुट चौडा भएको ७०० मिटर कच्ची मोटरमार्ग निर्माण गरिएको छ । त्यस्तै २०० मिटर पक्की नाला निर्माण भएको छ । पृथ्वीराजमार्गबाट मन्दिरसम्म पुग्नका लागि कालोपत्र गर्ने योजना रहेको छ । ३७ हेक्टर क्षेत्रफलमा काँडे तारबार, १० फिट चौडाइको एक किमी पक्की सिँढी निर्माण, दुई वटा वनभोजस्थल, एउटा कुरुवा घर, सार्वजनिक शौचालय निर्माण सम्पन्न भइसकेको छ भने रिजर्भ ट्याङ्की बनाएर खानेपानीको व्यवस्थापन गरिएको छ ।

विसं २०६३ भदौ १३ गते सांसद क्षेत्र पूर्वाधार विकास कार्यक्रम र स्थानीय उपभोक्ताको जनसहभागितामा ३६ वर्गफिटको टिनको छानो भएको तनहुँ कालिका मन्दिरको स्थापना भएको थियो । आर्थिक वर्ष ०६६÷६७ मा स्थानीय विकास मन्त्रालयमार्फत व्यास नगरपालिकाको जगेडा कोष र स्थानीय उपभोक्ताबाट सहयोग गरी रु ३७ लाख ८३ हजार ५९२ को लागतमा वन क्षेत्रलाई पक्की पिल्लरसहित काँडे तारबार लगाउने कार्य सम्पन्न भएको थियो । आव ०६७÷६८ मा शान्ति तथा पुनःनिर्माण मन्त्रालयमार्फत जिल्ला प्राविधिक कार्यालयबाट प्राप्त रु १७ लाख ६७ हजार ७५० को लागतमा मन्दिरसम्म पुग्ने बाटो र सिंढी निर्माण गरिएको थियो ।

आव ०६८÷६९ मा शान्ति तथा पुनःनिर्माण मन्त्रालयमार्फत जिल्ला प्राविधिक कार्यालयबाट प्राप्त रु १९ लाख आठ हजार ७०४ को लागतमा मन्दिरसम्म मोटर पुग्ने गरी बाटो निर्माण र रिटेनिङवालको काम भएको थियो भने ०६९÷७० मा प्राप्त रु आठ लाख ७९ हजार ५६८ ले मन्दिरको पानी ट्याङ्कीसम्म पुग्ने पिपिआर पाइप खरीद र गाड्ने काम भएको थियो ।

त्यस्तै ०७१÷७२ मा प्राप्त रु १२ लाख छ हजार ३७५ को लागतमा मन्दिरको तीन वटा पेटी चारैतिर सिढी निर्माणका साथै चार वटा मुख्य पिल्लरसहित जग बसाल्ने काम भएको थियो । आव ०७२÷७३ मा प्राप्त रु ६३ लाख ९१ हजार ९४ को लागतमा विद्युत् व्यवस्थापन, मन्दिर ढलान, दुई वटा पिकनिक स्थल निर्माणलगायतका काम सम्पन्न भएको थियो ।

आव ०७३÷७४ मा व्यास नगरपालिका, सांसद क्षेत्र पूर्वाधार विकास कार्यक्रम र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त रु ३३ लाख १२ हजार ५२२ को लागतमा मन्दिरको सम्पूर्ण ढलान गर्ने कार्यसम्पन्न गरी बाटो मर्मत गरिएको छ ।

आव ०७४÷७५ को असारसम्ममा व्यास नगरपालिकाबाट अनुदान सापटी र सहयोग गरी प्राप्त रु ४४ लाख ६४ हजारको लागतमा मन्दिरमा झ्यालढोका, टँुडाल, बुट्टेदार इँटा, मूर्ति खरीद लगायतका काम भएको छ । पार्क स्थापना भएदेखि हालसम्म पूर्वाधार निर्माणमा रु दुई करोड ६९ लाख ४२ हजार खर्च भएको छ भने रु दुई करोड १३ लाख १३ हजार ७५४ आम्दानी भएको छ । कालिगढलाई रु ३७ लाख र विभिन्न व्यक्तिलाई सापटीबापतको रु १८ लाख फिर्ता दिन बाँकी रहेको पार्कले जनाएको छ ।

गुरुयोजनाअनुसार पार्कमा प्रवेशद्वार, टिकट काउण्टर, पार्किङस्थल, शहीद स्मारक पार्क, बालउद्यान, पानीको फोहोरा, सानो चिडियाघर, भ्यूटावर, विश्रामस्थललगायतका पूर्वाधार निर्माण हुन बाँकी छ ।

तनहुँको सदरमुकाम दमौली बजारस्थित पूर्व र उत्तरमा व्यासमार्ग, पश्चिममा मादीनदी र दक्षिणमा दमौली बजारभित्र पर्ने बागभञ्ज्याङ सामुदायिक वनको करीव आठ हेक्टर क्षेत्रफलभित्र तनहुँ कालिका शहीद शान्ति पार्क पर्दछ । यस ठाउँबाट दमौली बजारलगायत आसपासका बस्ती, काहुँडाँडा, मानहुँडाँडा, तनहुँसुर, मिर्लुङकोट, गलेखामकोट लगायतका पर्यटकीयस्थल अवलोकन गर्न सकिन्छ ।