चाबहिल–गोकर्ण सडक खण्डको बिजोक : स्थानीय भन्छन – प्रधानमन्त्रीलाई ल्याइदिनुस्, पौडी खेलाएर पठाउँछौं (भिडियोसहित)

काठमाडौं, २६ असार । राजधानीको चाबहिल–गोकर्ण सडक खण्डमा ठूल्ठूला खाल्डा, खाल्डामा जमेको पानी र रोपाइँ गर्न मिल्ने जस्तो हिलो जमेको छ यतिबेला ।

यस क्षेत्रका बासिन्दालाई घाम लाग्दा धूलोधूवाँ अनि पानी पर्दा हिँड्नै मुस्किल पर्ने हिलोले सास्ती निम्त्याएको वर्षौं भइसक्यो ।

मनसुन शुरू भएयता स–साना बालबालिकालाई बिहान स्कूलसम्म जान पनि मुस्किल पर्ने गरेको छ । स्थानीय मात्र होइन सुन्दरीजल घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकहरू पनि यो समस्याबाट पीडित छन् ।

प्रदेश सांसद कृष्ण राई यही बाटोबाट दैनिक यात्रा गर्छन् । उनले समेत सडकको स्तरोन्नतिमा कुनै योगदान नगरेको स्थानीयको आरोप छ ।

प्रदेश सांसद राई र मेयर (सन्तोष चालिसे, गोकर्णेश्वर नगरपालिका) बीचको जुँगाको लडाईंका कारण सडक स्तारोन्नतिले गति लिन नसकेको स्थानीय वासुदेव खनाल बताउँछन् ।

‘उनीहरूका चिल्लो गाडीमा धूलो छिर्दैन भनेर हो ?’ अर्का एक स्थानीयले आक्रोश पोखे ।

उक्त क्षेत्रका स्थानीयले पोखेको आक्रोश भिडियोमा हेर्नुहोस्-