हिं*साप्रति काँग्रेसको दृष्टिकोण चाहियोः सरकारका प्रवक्ता

सर्लाही घटनालाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद् अवरोध गरिरहेका सन्दर्भमा प्रतिपक्षी काँग्रेसको हिं*साबारे दृष्टिकोणबारे स्पष्ट हुन सरकारले आग्रह गरेको छ ।

सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटले हिं*सालाई प्रोत्साहन गर्ने गरी काँग्रेसको गतिविधिले गम्भीर प्रश्नचिह्न खडा गरेको उल्लेख गर्दै यसबारे जवाफ माग गर्नुभयो । मन्त्रिपरिषद्को हालै भएको निर्णय सार्वजनिक गर्न आज सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटले हिं*साले घेराबन्दी गरे कोही पनि बाँकी नरहने सचेत गराउनुभयो ।

प्रतिपक्षी दलबाट सर्लाही घटनाका सम्बन्धमा संसदीय छानबिन समितिको मागका बारेमा मन्त्री बाँस्कोटाले सोही विषयलाई लिएर संसद् अवरुद्ध पहिलो र अन्तिम घटना हैन भन्दै हरेक घटनामा समिति बनाउनाको तुक नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “समितिहरु कस्तो विषयमा कति पल्ट बनाउने ? सबै विषयमा त्यो बनाउन सकिँदैन । विगतका पनि हेर्नुपर्छ, हरेक घटनामा समिति बनाउँदै जाने, दुर्घटनामा पनि समिति बनाउने, राज्यले गैरकानूनी हो भनेर ह*त्या हिं*सा नगर भनेर प्रतिबन्ध लगाएको विषयमा पनि समिति बनाउने भन्ने कुरा सम्भव हँुदैन ।

अर्को कुरा समिति बनाउँदा कस्तो बन्छ, बन्ने र बनाउने दुवै राजनीतिकर्मी नै हुन् त्यस्ता प्रतिवेदन पोलिटिकल ‘प्रपगाण्डा’ मात्रै हुन्छन् ।” प्रतिपक्षी काँग्रेसका प्रवक्ताले हालै सरकारले मृ*त्युको व्यापार ग¥यो भनेर दिएको अभिव्यक्ति सम्बन्धमा सञ्चारकर्मीको जिज्ञासामा सञ्चारमन्त्री बाँस्कोटाले मृ*त्युको व्यापार हैन हामी जीवनको निरन्तरता खोज्दैछाँै, व्यक्तिको बाँच्न पाउने मानवअधिकार हुनुपर्छ भन्नुभयो ।

प्रतिपक्षी दलको शान्ति र लोकतन्त्रमाथि दृष्टिदोष रहेको आरोप लगाउँदै सञ्चारमन्त्री बाँस्कोटाले ‘काँग्रेस दिनमा बिपी र रातमा विप्लव’ हो भनी टिप्पणी गर्नुभयो । “मान्छे मार्न पाइन्न, जबर्जस्ती हत्या, हिंसा र आतङ्क कसैलाई पनि स्वीकार्य हुँदैन, हामीले प्रतिपक्षी काँग्रेसलाई हिं*साका बारेमा सिकाउने र यसबारे ‘कन्भिन्स’ गर्नुपर्ने भयो भने काँग्रेसका चार तारामध्ये शान्ति र लोकतन्त्र वा स्वतन्त्रताको तारो कहाँ गए खोज्नुपर्छ, त्यसैले हिं*सा सत्तापक्ष र प्रतिपक्ष भन्ने हुँदैन यो सर्वत्र घृणा र भत्र्सनायोग्य हुन्छ”, उहाँले भन्नुभयो ।

उहाँले तरकारी र फलफूलको विषादी परीक्षणबारे चाहिनेभन्दा बढी प्रचार भइरहेको बताउँदै यसैका नाममा अनुचित दवाव कसैलाई पनि स्वीकार्य नहुने भनाइ राख्नुभयो ।रासस