को हुन् यी मानिस ? जो पशुपति क्षेत्र भित्र बागमती नदि बीच ध्यानमा छन (पुरा भिडियो)

काठमाडौँ । काठमाडौँको पशुपतिनाथ नेपाल कै ठुलो धार्मिक गन्तव्य हो । यहाँ नेपाली मात्र नभएर विदेशी पर्यटकहरुको पनि ठुलै आवाज जावत हुन्छ । पछिल्लो समय पशुपति क्षेत्रमा देखिएको यो दृश्य हेरि रहँदा तपाईलाई पनि अनौठो लाग्न सक्छ । दृश्यमा साधकले गरिरहेको जल साधना आफैमा एउटा अन्र्तध्यानको यात्रा हो । बागमतिको पानीमाथि घण्टौं जल साधनामा लिन रहने यी बाबा भने सनातन बाबा हुन् ।

बाल्यकालमा महलको राजकिय जीवन व्यतित गरेका यी बाबाभित्र सुन्दा पनि मन कटक्क खाने गहिरो बज्रपातको हृदयविदारक व्यथा रहेछ । स्तब्ध बनाउने छुट्टै कथा रहेछ । सोही दिनको जल साधनाको अवधि सकेपछि उनै बाबासँग हामीले जिन्दगीका केही तिता मिठा क्षणहरुबारे खोताल्ने प्रयास गरेका छौ । उनि माथि परेको बज्रपातको तितो अनुभवलाई उनले अध्यात्मिक तरिकाले भुल्दै आएका छन । उहासंग गरिएको कुराकानी हेर्नुहोस :