छक्का -पन्जा पाइरेसी काण्ड पछि आत्महत्या गरेको घटना सम्झिदै दिपक राज गिरीले फेसबुकमा लेख यस्तो स्टाटस (स्टाटससहित)

काठमाडौँ, २९ जेठ । नेपाली चलचित्र जगतका चर्चित हास्य कलाकार दिपक राज गिरीले वीर विक्रम–२ फिल्म समिक्षा विवादलाई आवेशमा नआइ मानवीय दृष्टिकोणबाट हेरिनु पर्ने बताएका छन् ।

यो विवादले उग्र रुप लिएको बेला अनि समिक्षकलाई प्रहरी पक्राउ गरेको बेला उनले आज (बुधबार)फेसबुकमार्फत एक स्टाटस पोष्ट गदै यस्तो बताएका हुन् ।

दिपकले स्टाटसमा वीर विक्रम–२ फिल्म समिक्षालाई लिएर मिम नेपालको र मिलन चाम्स बीच चलिरहेको विषयले छक्का पन्जा पाइरेसीको घटनालाई सम्झाएको बताएका छन् ।

किनभने छक्का पन्जा’ पाइरेसी गरेको आरोप लागेका नवलपरासीका कृष्ण सुवेदीले केहि वर्ष अगाडि मात्र आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेका थिए ।

तर अहिले वीर विक्रम–२ समिक्षा गर्ने क्रममा पनि मिम नेपालले युट्युबमा राखेको भिडियोमा चक्कुको र अश्लिल शब्दको प्रयोग भएको भेटिएपछि फिल्मका निर्देशक चाम्सले दिएको उजुरीको आधारमा समिक्षकलाई पक्राउ गरिएको छ ।

फेसबुकमा दिपक राज गिरीले लेखेको स्टाटस जस्ताको त्यस्तै तल हेर्नुहोस्-