विद्या बालनको यो तस्वीरलाई सोनाक्षीले किन मन पराइनन् ? खास कारण त यस्तो पो रहेछ !

मुम्बई, २९ जेठ । बलिउड अभिनेत्री विद्या बालन आजकल इन्डोनेसियाको बालीमा छुट्टी मनाइरहेकी छिन् । उनले त्यहाँ रहंदाका हट तस्वीरहरु शेयर गरिरहेकी हुन्छिन् । जुन तस्वीर देखेर फ्यान मात्र होइन, सेलिब्रेटीले पनि प्रतिक्रिया दिइरहेका छन् ।

हालै विद्याले बाली पुगेर शेयर गरेको केहि तस्वीर फ्यानहरुले खुब मन पराएका थिए । तर, उक्त तस्वीर बलिउडकै अर्की अभिनेत्री सोनाक्षी सिंहलाई भने मन परेन । उनले त्योकुरा मनमा मात्रै राखिनन् आफूलाई मन नपरेको भन्दै कमेन्ट नै गरिन् । जसको बलिउडमा निकै चर्चा भएको छ ।

सोनाक्षीले कमेन्टमा त्यस्तो खासै केही लेखेकी भने होइनन् । उनले लेखिन्, ‘तिमीले मलाई आफ्नो साथ किन लगिनौ ?’

सोनाक्षी काममा यति व्यस्त छिन् कि, उनी विदा मनाउन कतै जान पाएकी छैनिन् । सायद यहि भएर उनले विद्याको फोटोमा यस्तो कमेन्ट गरेको हुनु पर्छ ।