लोकसेवा बिज्ञापन रद्द : रवीन्द्र मिश्र आन्दोलित बिद्यार्थीको पक्षमा, भन्छन् – “फेरि पनि रुख र सूर्यलाई भोट हाल्ने हो भने तपाईंहरु मात्र होइन, तपाईंका भाइहरुले पनि दुःख पाउने छन्”

काठमाडाैं, २९ जेठ । लोकसेवा आयोगको विज्ञापन रद्ध गर्न निर्देशन दिने राज्य व्यवस्था तथा सुशाशन समितिविरुद्ध बिद्यार्थीहरु आन्दोलित भएका छन् ।

आन्दोलनरत विद्यार्थीहरुको कार्यक्रममा साझा विवेकशील पार्टीका नेता रवीन्द्र मिश्र समेत सहभागी भएका छन् ।

बुधबार माइतीघर मण्डलामा आयोजित प्रदर्शनमा सहभागी भएका मिश्रले कार्यक्रमालाई सम्बोधन गर्दै लोकसेवाको विज्ञापन रद्ध गर्न दिएको निर्देशन खारेज हुनुपर्ने विद्यार्थीहरुको माग जायज भएको बताए ।

लोकसेवा संवैधानिक आयोग भएको र समितिको निर्देशन मान्न बाध्य नहुने भन्दै उनले अघि भने, तपाईहरु यसरी नै लोकसेवा अगाडि जानुस् र भन्नुस्, संसदीय समितिको निर्देशन बाध्य छैन ।’

फेरि पनि रुख र सूर्यलाई भोट हाल्ने हो भने आन्दोलित विद्यार्थीहरु मात्र होइन, उनका भाइहरुले पनि दुःख पाउने उनको तर्क थियो ।