आजको राशिफल : वि.सं.२०७६ साल ज्येष्ठ ०२ गते । बिहीबार । ईश्वी सन् २०१९ मे १६ तारिख

वि.सं.२०७६ साल ज्येष्ठ ०२ गते । बिहीबार । ईश्वी सन् २०१९ मे १६ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । वैशाख शुक्ल पक्ष । तिथि द्वादशी,०५ घडी ३५ पला,बिहान ०७ बजेर ३१ मिनट उप्रान्त त्रयोदशी । नक्षत्र चित्रा,५७ घडी ०७ पला । योग सिद्धि,३७ घडी ४२ पला,बेलुकी ०८ बजेर २२ मिनेट उप्रान्त व्यातिपात । करण वालव,बिहान ०७ बजेर ३१ मिनेट उप्रान्त कौलव,बेलुकी ०६ बजेर ३३ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा चर योग । चन्द्रराशि कन्या,बेलुकी ०४ बजेर ३९मिनेट उप्रान्त तुला । कोका–कौशिकी संगममा मत्स्यदर्शन गर्ने सांस्कृतिक दिवस। काठमाडौंमा सूर्योदय ०५ बजेर १७ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४५ मिनेट । दिनमान ३३ घडी ४१ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

नोकरिमा सहकर्मीहरुलाई किनारा लगाउँदै अग्र स्थानमा तपाईको नाम आउँनेछ भने पदोन्नतिको गतिलो सम्भावना रहेकोछ । सत्रुलाई परास्त गर्न सकिनेछ भने व्यालय तथा अदालतबाट हुँने निर्णयहरु तपाईकै पक्षमा आउँनेछ । पढन पाढनमा प्रगति गरि आफन्त तथा गुरुवर्गहरुलाई खुसि राख्न सकिनेछ । प्रेम सम्बन्ध सुदृड हुनेछ भने घर परिवारमा आत्मियता बढ्नेछ । पुराना तथा थाति रहेका कामहरु साथिभाईहरुको सहयोगमा समयमानै सकाउँन सकिनेछ भने लेनदेनका मुद्दाहरु सल्टाउँन सकिनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

बौद्धिक कार्यमा सहभागि भई बौद्धिक तथा प्राज्ञिक ब्यात्तित्व सामु गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा सकारात्मक नतिजा आउँने हुँनाले मन प्रशन्न हुनेछ । माया प्रेममा दिनभर रमाईलो गफ गर्दै समय ब्यातित गर्न सकिनेछ । साथिभाई तथा परिवारका सदस्यहरुबाट आर्थिक तथा भावनात्मक सहयोग हँुनेछ । सवारि साधन तथा भौतिक सम्पति लाभ हुँने तथा चिठ्ठा पर्ने योग रहेकोछ । व्यावसायबाट भनेजस्तो नाफा कमाउँन सकिने हुँनाले अन्य क्षेत्रमा पनि रुपैया पैसा लगानि गर्न आट आउँनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

आर्थिक रुपमा कमजोर भएको महशुष हुनेछ भने तपाई आफ्नै कारणले व्याबहार बिग्रनेछ । आफन्त तथा साथिभाईसँग टाडिएर देश बिदेशको यात्रा गर्नुपर्ने योग रहेकोछ । खानपानमा अलमलिदा वा काम बिनाको भेटघाटले आफ्नो काम थाति रहनेछ । अध्ययनमा मन नजादा पढाई लेखाई बिचमै रोकिन सक्छ ध्यान दिनुहोला । सामाजिक काम गर्र्ने अवसर आयपनि उपलब्धि भने न्युन हुनेछ भने राजनितिमा जनताको काम गर्न सक्दा पद प्राप्तिको योगलाई नकार्न सकिदैन ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

रोकिएका कामहरु बन्ने तथा नया काम सुरु गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । व्यापार व्यावसाय तथा उद्योगमा लगानि गरि आम्दानि बढाउन सकिनेछ भने व्यावसायकै सन्द्रर्भमा छोटो दुरिको यात्रा गर्न सकिनेछ । दाजुभाई तथा छिमेमबाट तपाईले सोचेभन्दा बढि सहयोग पाईने हुदा मन प्रफुल्लित हुनेछ । अदालतबाट हुने निर्णयहरु तपाईकै पक्षमा आउनेछ । आट तथा पराक्रम बढेर जाने हुनाले शाहशिलो काम गर्न जोस आउनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि दिनले साथ दिनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

समाजमा आफन्त तथा आत्मिय मित्रका साथ सुमधुर सम्बन्ध स्थापना गर्न सकिनेछ । अध्ययनमा प्रशस्त समय दिन सकिने हुँनाले चाहेजस्तो सफलता प्राप्त गर्न सकिनेछ भने बुद्धिमता पुर्वक गरिएको कामहरु सफलता पुर्वक सम्पन्न हुनेछन् । असहज परिस्थितिको सामना गर्नुपरेपनि सार्थक नतिजा निकाल्न सकिने हुँनाले मन प्रशन्न हुनेछ । पारिवारिक माहोलमा जमघट भई नयाँ साथिहरु बनाउँन सकिने तथा स्वादिष्ट भोजन ग्रहण गर्न सकिनेछ । माया प्रेममा नजिक हुँने समय रहेकोछ भने एक अर्काको सहयोगले जीवन स्तर उन्नति गर्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

तपाईको बिरुद्ध नकारात्मक कैचि चलाउनेहरु आफै किनारा लाग्नेछन् । कुनै प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई पछि छोड्दै तपाईनै अग्र स्थानमा आउनु हुनेछ । राजनिति तथा समाजसेवामा लामो समय देखि समय दिनुहएकोछ भने पद प्राप्तीको गतिलो योग रहेकोछ । नया प्रकृतिका बिलाशी तथा फेन्सि सामानको प्रयोग मार्फत अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । पुराना साथि भेटिने तथा प्रेम प्रसङगमा दिन खोलेर रमाउन सकिनेछ । प्राबृधिक शिक्षामा खोज तथा अनुशन्धानमा समय खर्चिने हरुले उत्कृष्ट नतिजा हात लगाउनु हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

गलत साथि संगतमा लाग्नाले पढाई लेखाई बिग्रनेछ भने आफन्त तथा अग्रजहरुको चित्त बुझाउन मुस्किल पर्नेछ । माया प्रेमको यात्रामा उतार चडाब आउने योग रहेकोछ भने जीवन साथि सँग सामान्य कुरामा मनमुटाब सिर्जना हुनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धि समस्या आई खर्च बढ्नेछ । आफन्त तथा अग्रज सँग सामान्य कुरामा राय बाजिनेछ । बिदेशी सामानमो व्यापार व्यावसाय फस्टाएर जानेछ भने बिदेशमा बसेर श्रम गर्ने तथा अध्ययन गर्नेहरुका लागी दिन फलदायि रहनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

बिद्या तथा प्रतिष्र्धामा बिजय हुँने योग रहेकोछ भने नयाँ ज्ञान हासिल हुनेछ । बुवा वा बुवासरहका मानिसको आषिर्वाद तथा सहयोगले महत्वपुर्ण कामहरु सम्पादन हुनेछन् । राजनिति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुँने हुँदा पद प्राप्तिको योग रहेकोछ । सरकारि धन सम्पति तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आम्दानिका स्रोतहरु फराकिला पार्न सकिनेछ । माया प्रेममा नजिक भई आफ्ना कुराहरु दिल खोलेर राख्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुका लागी समयले साथ लिने हुदा पद प्राप्तीको गतिलो योग रहेकोछ । नया काम पाउने तथा नोकरिमा बढोत्तरीको गतिलो सम्भावना रहेकोछ । स्रोत साधन जुट्नाले व्यापार व्यावसायमा सोचेभन्दा बढिनै आम्दानि हुनेछ । माया प्रेमको गाठो कसिलो हुनुको साथै जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा प्रतिष्पर्धिहरुलाई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ । बुवा आमा तथा अग्रजहरुबाट सहयोग पाईने हुदा मन प्रफुल्लित हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको अधिक सम्भावना रहेकोछ । धार्मिक अनुष्ठान तथा मन्दिरमा गई टिका तथा प्रशाद ग्रहण गर्ने अवसर जुर्नेछ । नयाँ काम पाउँने तथा बढुवा हुँने योग रहेकोछ । बौद्धिक ब्यात्तित्व तथा बिशिष्ट ब्यात्तिहरु सँग भेटघाट हुनेछ भने नयाँ योजना बनाएर कार्यान्वयनको चरणमा लगि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो उपलब्धि हासिल गर्न सकिन हुँदा आफन्त तथा गुरुवर्गहरु खुसि हुनेछन् । व्यापारमा लगानि गरि प्रशस्त नाँफा कमाउँन सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

समयमा काम नबन्ने तथा ऋण लाग्ने हुँनाले मानसिक तनाब बढ्नेछ । हतियार,फलाम तथा आगो सँग सम्बन्धित काम गर्दा वा प्रयोग गर्दा हासियारि अपनाउँनु होला चोटपटक लाग्न तथा दुर्घटना हुँन सक्छ । भौतिक सम्पति तथा रुपैया पैसा हराउन तथा लुटिन सक्छ ध्यान दिनुहोला । न्यायिक निर्णयहरु तपाईको पक्षमा नहुने हुँनाले आज मुद्धा मामिलामा सामेल भए हारिने सम्भावना रहेको छ । बैक तथा बित्तिय सस्थामा गरिएको लगानि बाट सन्तोषजनक नाफा कमाउन सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

बिभिन्न अवसर आएपनि समयमा सजक नबन्दा पछि परिनेछ । छोटो दुरिको कष्टकर यात्रा नहोला भन्न सकिन्न । भौतिक तथा बिलाशी बस्तुको प्रयोग गर्दा ख्याल गनुहोला बढिनै उत्साहित हुदा नकारात्मक परिणाम आउन सक्छ । माया प्रेममा अबिश्वास बढ्नेछ भने जीवन साथिको सहयोग नपाईने योग रहेकोछ । साथिभाई तथा आफन्त जनसँग बसेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त भएपनि स्वास्थ्यमा समस्या देखिनेछ । अरुकै काममा व्यस्त हुनुपर्दा आफ्नो काम थाति रहनेछ ।

तपाईको दिन शुभ रहोस् । तारानाथ भण्डारी ।

०००

यो पनि

साप्ताहिक रासिफल हेर्नुहोस : वैशाख २९ गते आईतबारदेखी वैशाख ०४ गते शनिबार सम्मको

मेष (चू ,चे, चो, ला, लि, लू, ले, लो,अ)

आफन्त तथा साथिभाईको सहयोग पाईने हुनाले कामगर्न उत्साह जाग्नेछ । पढाई लेखाईमा सफलता प्राप्त हुनेछ भने खोज तथा अनुशन्धानको क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ । बिभिन्न उपाहार तथा भौतिक साधन प्राप्तिको योग रहेको छ । सत्रुलाई परास्त गर्दै न्यायिक निर्णयहरु आफ्नो पक्षमा पार्न सकिनेछ । प्रेम प्रसङगमा रमाउँन चाहने जोडिहरुले यो साता आफ्नो मायालुको माया भरपुर प्राप्त गर्न सक्नेछन् । एकल तथा साझेदारि ब्याबसायमा लगानि बढाएर प्रसस्त नाफा कमाउँन सकिनेछ । लामो तथा रमाईलो ब्याबसायिक यात्राको तय हुनेछ भने शुभ तथा मांगलिक कार्यमा सहभागि भई साथिभाई तथा आफन्तका साथ रमाईलो गर्दै स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

बृष (ई,ऊ,ए,ओ, वा, वी, वू, वे, वो)

साताको सुरु र अन्तको समय राम्रो रहेकोले व्यापार व्यावसायमा लगानि गरि मनग्गे आम्दानि हुनेछ । बौद्धिकताको प्रतिष्पर्धामा तपाईको नाम अग्र स्थानमा आउँनेछ । नाँफा मुलक व्यावसाय भन्दा सेवा मुलक व्यावसाय फस्टाएर जानेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तीको गतिलो योग रहेकोछ । प्रयत्न गर्दा राज्यबाट पद प्राप्तीको योग रहेकोछ । आफन्त तथा सन्तानले प्रगति गर्ने हुँदा मन प्रशन्न हुँनेछ । माया प्रेममा देखिएका तित्तताहरुलाई हटाउँदै बिश्वासको बाताबरण सिर्जना हुँनेछ । आईतबार दिउसोबाट मंगलबार बिहानसम्मको समय मध्ययम रहेकोले समाज तथा साथिभाईको काममा अल्झनु पर्दा आफ्नो काम धाति रहनेछ । घर जग्गा तथा सवारि साधनको खरिद बिक्रि गरि कहिमात्रामा लाभ लिन सकिनेछ ।

मिथुन (का, की, कू ,घ, ङ, छ ,के,को,हा)

साताको सुरु र अन्तको समय राम्रो रहेकोले दाजुभाई तथा साझेदारहरु सँग मिलेर गरिने पेशा व्यावसायबाट भनेजस्तो रुपैया पैसा कमाउन सकिनेछ । लेखन कला तथा साहित्यको क्षेत्रमा कलम चलाउँनेहरुले नाम तथा दाम दुवै कमाउन सक्नेछन् । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने घर परिवारमा सबैको सहयोग पाईन हुनाले नया काम गर्ने अवसर आउनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा ल्याउन सकिने तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । मंगलबार दिउसोबाट बिहीबार साझसम्मको समय मध्ययम रहेकोले आमा तथा आफन्त सँग मनमुटाब बढ्ने तथा गलत आश्वासन बाढ्नाले समस्या आउन सक्छ । सवारि साधन तथा टेक्निकल क्षेत्र सँग सम्बन्धित काम गर्दा ख्याल गर्नुहोला । घर जग्गाको कारोबारबाट घाटा लाग्ने योग रहेकोछ भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ ।

कर्कट (ही, हू ,हे, हो, डा, डी, डु, डे, डो)

पुराना कामहरु फत्तेहुने तथा नया काममा अवसर आउनेछ । बोलिकै भरमा धेरै कामहरु सम्पादन गर्न सकिनेछ । आफन्त तथा छिमेकिबाट उपयुक्त समयमा अर्थपुर्ण सहयोग पाईने हुदा अगि बढ्न सहज हुनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा फैसला हुनेछन् । छोटो तथा रमाईलो यात्राको तय हुने हुनालेमन प्रशन्न रहनेछ । प्रेम तथा मित्रतामा बिश्वासको बाताबरण मजभुत भएर जानेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराउदै नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । साताको अन्तिम शुक्रबार र शनिबार ब्याबसायमा नाफा कमाउँन अलि बढि संघर्ष गर्नुपर्नेछ भने कृषि तथा पशुपालन ब्याबसायलाई समय सापेक्ष परिमार्जन गरि प्रशस्त आम्दानि गर्न सकिनेछ । घर परिवार तथा आमाबाट अलग्गिएर टाडाको यात्रा गर्दा मन दुख्नेछ ।

सिहं (मा, मी, मू , मे, मो, टा, टी, टू ,टे)

मंगलरबार बिहान सम्मको समय मध्ययम रहेकोले समय मध्ययम रहेकोले राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुले जनताको आलोचना सहनुपर्नेछ । आफन्त तथा घर भित्रकै मानिसहरुले असहयोग गर्ने तथा हल्लाको पछि लाग्नाले दुख पाईनेछ । स्वास्थ्यको ख्याल गर्नुहोला समस्या बल्झन सक्छ । मंगलबार दिउसोबाट नयाँ नयाँ बस्तुहरुको प्रयोग मार्फत अरको मन आफुतिर आकर्शित गर्न सकिनेछ । बिद्या तथा प्रतिश्पर्धामा यो साता तपाईकै बर्चस्व कायम रहने तथा नतिजा तपाईकै पोल्टोमा पर्नेछ । बोलिको प्रभाव बढ्ने तथा निर्णय क्षमताको बिकाश हुने हुदा तपाईबाट राम्रा राम्रा कामहरुको अपेक्षा गर्न सकिनेछ । छिमेकि,दाजुभाई तथा आफन्तबाट ब्यापार ब्याबसायमा आर्थिक सहयोग गर्ने हुनालेप्रशस्त नाफा कमाउँन सकिनेछ । न्यायलयबाट हुने न्यायिक निर्णयहरु यो साता तपाईकै पक्षमा फैसला हुनेछन् ।
कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) साताको शुरुमा लामो दुरिको बिदेश यात्राको तय हुनेछ भने बिदेशमा बसेर श्रम गर्नेहरुले प्रशस्त रुपैया पैसा कमाउँन सक्नेछन् । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउन सक्ने हुनालेखानपान तथा बाहिरि बाताबरणको ख्याल गर्नुहोला । मंगलबार दिउसोबाट समय राम्रो रहेकोले समय लगानि गर्दा कामहरु बन्ने तथा आर्थिक ब्याबस्थापन गर्न सहज भएको महशुष हुनेछ । पुराना थाति रहेर बसेका मुद्दाहरु हल भएर जानेछन् । कुटुम्बसँगको सँगको सुमधुर सम्बन्धले आर्थिक योजानाहरु बनाएर लागु गरि रुपैया पैसा कमाउँन सकिनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनालेपढाई लेखाईमा सुधार गर्न सकिनेछ । राजनीति तथा सामाजिक कामबाट देखिने खालको उपलब्धि हासिल हुनेछ ।

तुला ( रा, री रु, रे, रो, ता, ती, तू ,ते)

साताको शुरुमा पैतृक धन तथा सरकारि धन सम्पति प्राप्तिको योग रहेको छ । प्राकृतिक स्रोत तथा खनिज पदार्थको ब्यापार ब्याबसायबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ । भौतिक सम्पति तथा दाजुभाईले तपाईले ईच्छाएको सर सामान दिनेछन् । मंगलबार दिउसोबाट बिहीबार साझसम्मको समय मध्ययम रहेकोले आफन्त तथा घर परिवारमा आफन्त सँग घरायसि कुरामा बिवाद बढ्ने तथा सैद्धान्तिक राय बाजिनेछ । लामो दुरिको यात्रा तय गर्न सकिनेछ । खानपानमा ध्यान नदिदा सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउनेछ भने शरिरमा कामगर्ने जागर हराएर जानेछ । शुक्रबारबाट समय उत्तम रहेकोले सिर्जनात्मक कामगरि प्रसस्त रुपैया पैसा कमाउँन सकिनेछ । राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुले जनताको समर्थन पाउनेछन् भने ब्यापार ब्याबसाय फस्टाएर जानेछ ।

बृश्चिक (तो, ना, नी, नू ,ने, नो, या,यी, यू)

समाजसेवा तथा राजनिती गर्नेहरुले आज जनताको समर्थन पाउने तथा प्रतिपर्धिहरुलाई सजिलै हराउँन सक्नेछन् । नयाँ नयाँ कामको प्रस्ताब आउँनेछ भने आर्थिक ब्याबस्थापनका मुद्दाहरु सजिलै हल गर्न सकिनेछ । कन्भिन्स गर्ने पावर बढ्ने हुँनाले अरुलाई सजिलै प्रभावमा पारेर काम लिन सकिनेछ । कलात्मक तथा सिर्जनात्मक कामबाट सकारात्मक नतिजा निकाल्न सकिनेछ भने गित संगित तथा चलचित्र क्षेत्रमा समय दिनेहरुका लागि फरक बिषयबस्तुमा भुमिका निर्बाह गर्नुपर्ने हुँनसक्छ । खोज तथा अनुशन्धानको क्षेत्रमा थोरै समय लगानि गर्दानि उत्कृष्ट नतिजा आउँदा खुसिले उँचाई नाघ्नेछ । शुक्रबार र शनिकारको समयमा बैदेशिक यात्रा हुने योग रहेको छ । बिदेशमा उत्पादिन सामानको ब्यापार ब्याबसायबाट मनग्गे आम्दानि हुने तथा बिदेशि सस्थामा नियूक्ति प्राप्तिको योग रहेको छ ।

धनु (ये, यो, भा, भी, भू , ध, फा, ढा, भे)

धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । धर्म सस्कृति तथा रितिरिवाज जोगाउँन धार्मिक सस्था तथा अनुष्ठानतिरको यात्रा हुनेछ । समाजमा जनताको काम गरि सम्मानित जीवन जिउँन सकिनेछ । राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुले जनताको गतिलो समर्थन पाउँने छन् । नयाँ काम पाउँने तथा नोकरिमा पदोन्नतिको योग रहेको छ । ब्यापार ब्याबसायमा लगानि बढाई प्रसस्त आम्दानि गर्ने समय रहेको छ । साताको अन्तमा प्राकृतिक स्रोत साधनको भरपुर प्रयोग गरि रुपैया पैसा जम्मा गर्न सकिनेछ । यो साता प्रेम गर्ने जोडिहरुका लागि एक अर्काबिच माया तथा भावना साटासाट गरि समय ब्यातित गर्न सक्नेछन् भने पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू,खे, खो, गा, गी)

साताको शुरु र अन्तको समय राम्रो रहेकोले । बिद्या तथा प्रतिश्पर्धामा अलि बढि समय लगानि गर्दा अरुलाई छोडि अग्र पंतिमा आउँन सकिनेछ । शुक्रबार तथा शनिबार भने नयाँकाम पाउँने तथा गरिरहेको काममा बढुवा हुने योग रहेको छ । सांगितिक माहोलमा आफन्त सँग जमघट भई मिष्टान्न भोजनका साथ रम्न सकिनेछ । नयाँ नयाँ लगानिको बाताबरण बन्ने तथा बुवाबाट सहयोग तथा समर्थन पाईने योग रहेको छ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्र हुने योग रहेकोछ । आईतबार दिउसोबाट मंगलबार बिहानसम्मको समय मध्ययम रहेकोले बिभिन्न किसिमका समस्याहरुको फेस गर्नु पर्ने तथा आर्थिक अभावले कामहरु समयमा सम्पन्न नहुने हुनाले दैनिक गुजार गर्न हम्मे हम्मे पर्नेछ । ऋण,रोग तथा सत्रुको सामना गर्नुपर्नेछ । घर परिवारका एक अर्काबिच बिचारको तालमेल नमिल्दा कामहरु लथालिङग हुनेछन् ।

कुम्भ (गू , गे , गो, सा, सी, सू , से, सो, दा)

साताको सुरु र अन्तको समय राम्रो रहेकोले लामो दुरिको ब्याबसायिक यात्राको क्रममा बिभिन्न ठाउँ तथा दृष्यहरुको अवलोकन गर्ने अवसर प्राप्त हुनेछ । एकल तथा साझेदारि ब्याबसायबाट भने जस्तो आम्दानि हुने हुनालेथप लगानि गर्ने बाताबरण बनेर जानेछ । अध्ययन तथा अनुशन्धानको क्षेत्रमा नयाँ अध्यायको शुरुवात हुनेछ । धार्मिक अनुष्ठान तथा मन्दिरको दर्शन गरि टिका तथा प्रसाद ग्रहण गर्न सकिनेछ । शुभ मांगलिक तथा बैबाहिक समारोहमा सहभागि भई बिभिन्न मिठा परिकारका साथ रमाईलो गर्दै दिन कटाउँन सकिनेछ । मंगलबार दिउसोबाट बिहिबार साझसम्म गरेका कामहरु बिग्रने हुदा कुनै नया काम थालनि नगर्नुनै राम्रो रहेको छ । बिभिन्न किसिममा समस्याहरुको फेस गर्नुपर्दा मानशिक तनाब बढ्नेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउने तथा काम गर्ने जागर हराएर जानेछ ।

मीन (दी, दू ,थ ,झ ,ञ ,दे ,दो ,चा ,ची)

बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई पाखा लगाई नयाँ उचाई चुम्न सकिनेछ । साझेदारि ब्याबसायबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ भने लगानि गर्ने बाताबरण बन्नेछ । व्यापारको शिलशिलामा लामो दुरिको उपलब्धिमुलक यात्राको तय गर्न सकिनेछ । जीवन साथि तथा आफ्नो बिषेश मानिसको सहयोगले आम्दानिको दायरा बढाउँन सकिनेछ । अध्ययन तथा अध्यापनमा तपाईले गरेको लगानिबाट सार्थक नतिजा आउँनाले मन प्रशन्न हुनेछ । मन परेको भौतिक बस्तु तथा बिलाशि बस्तुहरुको प्रयोग गर्न पाईने हुँदा मन प्रफुल्लित हुनेछ । शुक्रबार र शनिबारको समय मध्ययम रहेकोले आश्वासन बाढ्ने तथा काम गर्दिन्छु भनेर रुपैया पैसा माग्नेहरुदेखि सजक रहनुहोला फसाउँन सक्छन् । काम गर्दा ख्याल गर्नुहोला काम बिग्रने हुँदा लामो समय सम्म त्यसको प्रभाव देखिनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घट्नाहरु घट्न सक्छ ।

तपाईको दिन शुभ रहोस ।

ज्योतिषी तारानाथ भण्डारी ।