सबैभन्दा छिटो अटो चलाएर यी व्यक्तिले बनाए विश्व किर्तिमान

एजेन्सी, १ जेठ । ब्रिटेनका एक व्यक्तिले सबैभन्दा छिटो रिक्सा चलाएर विश्व किर्तिमान कायम गरेका छन् ।

मैट एवरर्ड नाम गरेका ४६ बर्षिय एक ब्यापारीले ११९ प्रतिघन्टाको गतिमा अटो रिक्सा चलाएर गिनिज बुक अफ द वर्ल्ड रेकर्डमा आफ्नो नाम दर्ता गर्न सफल भएका हुन् ।

उनले यस कीर्तिमानीको लागि पहिले ११० प्रतिघन्टाको गतिमा रिक्सा चलाउने लक्ष्य तय गरेका थिए । तर उनले सोचेभन्दा पनि तिब्र गतिमा रिक्सा चलाउन सके । उनले आफ्ना काकाका छोरा रसेल शेरमनका साथमा ‘नर्थ यार्कशयरस्थित एल्विंग्टन एयरफील्ड मा रिक्सा दौडाएका हुन् ।

बिश्व रेकर्डमा आफ्नो नाम लेखाएपश्चात मेटले आफु अन्तरिक्षमा पुगे जस्तो अनुभव भएको बताएका छन । उनले यस अटो रिक्सा ईबेबाट किनेर ल्याएका हुन् । यस रिक्सामा उनले करिब १८ लाख भन्दा बढीको खर्च गरि १३०० सिसिको शक्तिशाली इन्जिन जडान गरेका छन ।

मिडिया रिपोर्टका अनुसार एडवर्ड आफ्नो साथीको विवाहको लागि थाईल्याण्ड आएको बेलामा ब्याङ्ककका आसपासमा रिक्सा दौडिरहेको देखि यस सम्बन्धी नया रेकर्ड बनाउने बारेमा सोचेका थिए । ‘यसमा घुम्न मलाई अति नै आनन्द लाग्छ किनकि यो अरु सवारी साधन भन्दा बिल्कुलै फरक छ’ मेटले भने ।