आफ्नै बिद्यार्थीलाई ‘गुण्डा’ भन्ने कलेज प्रशासनलाई विद्यार्थीले दिए प्रेमपत्र र गुलाफको फूल, कलेजद्वारा अस्विकार!

काठमाडौं, २ फागुन । शुल्क विवादमा एभरेष्ट इन्जिनियरिङ कलेजका विद्यार्थीहरूले आन्दोलनस्वरूप शुक्रबार कलेज प्रशासनलाई प्रेमपत्र र गुलाफको फूल दिन खोज्दा प्रशासनले अस्वीकार गरेको छ ।

एभरेष्ट इन्जिनियरिङ कलेजका विद्यार्थी एनपी जोशीले आज प्रेम दिवस भएकाले आन्दोलनका लागि प्रेमपत्र र गुलाफको फूल दिन खोज्दा कलेज प्रशासनले अस्वीकार गरेको बताए ।

उनले भने,‘कलेजले फिल्ड भिजिटका लागि उठाउने पैसा बढाउन सकेको छैन । कलेजमा शान्तिपूर्वक पढाइ हुँदैन । दक्ष शिक्षक छैनन् । सँगै बसेर परीक्षा दिँदा पनि फेल हुने शिक्षक छन् । कलेजले हामीलाई गु ण्डा भनेर अ पशब्द व्यवहार गरेपछि आन्दोलनका लागि प्रेमपत्र र गुलाफको फूल दिन लागेका थियाैँ। तर,कलेजले लिन मानेन ।’

कलेजले पत्र लिन नमानेपछि आन्दोलन चर्किने देखिएको उनले जानकारी दिए । कलेज प्रशासनको ला पारबाहीले विद्यार्थीको भविष्य अन्योल बनाउन खोजेको उनको आ रोप छ ।

‘केही दिनअगाडि आफ्नै सेक्सनमा झ गडा भएको थियो,’उनले भने,‘कारण पत्ता नलगाई हामीलाई गु ण्डा ल्याएर झ गडा गर्ने भनेर गु ण्डा विद्यार्थी भन्ने बोलीले थर्काए । समस्या समाधान गर्नुको साटो कलेजका आफ्नै विद्यार्थीहरूलाई नराम्रो व्यवहार गर्‍यो । शिक्षा दिने कलेजले यस्तो व्यवहार गर्नु राम्रो होइन ।’