सुन किन्ने सोंचमा हुनुहुन्छ ? यस्तो छ आजको बजार मूल्य

काठमाडौँ, २ फागुन । नेपाली बजारमा केहि दिनदेखि लगातार उकालो लागेको सुनको मूल्य आज शुक्रबार भने स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ७६ हजार रुपैयामा कारोबार भइरहेको छ । बिहीबार पनि सुन यहि मूल्यमा कारोबार भइरहेको थियो ।

त्यस्तै आज तेजाबी सुनको मूल्य पनि स्थिर छ । बिहीबार ७५ हजार ७ सय प्रतितोलामा कारोबार भएको तेजाबी सुन आज पनि सोहि मूल्यमा कारोबार भइरहेको छ ।

चाँदी आज प्रतितोला ८ सय ८० रुपैंयामा कारोबार भइरहेको माहासंघले जनाएको छ ।