आजको विनिमय दर : कुन देशको कति ? (सूचीसहित)

काठमाडौ, २ फागुन । नेपाली बजारमा साताको छैटौं दिन आज शुक्रबार अमेरिकी डलरसहित सबै देशको मुद्राको भाउ बढेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको बिदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिददर ११३ रुपैया ८१ पैसा र बिक्रीदर ११४ रुपैया ४१ पैसा रहेको छ ।

त्यस्तै पाउण्ड एकको खरिददर १४७ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५४ पैसा रहेको छ । यूएई दिराम एकको खरिददर ३० रुपैयाँ ९९ पैसा र बिक्रीदर ३१ रुपैयाँ १५ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २६ र बिक्रीदर ३१ रुपैयाँ ४२ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ४८ पैसा र बिक्रीदर २७ रुपैयाँ ६३ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको सबै देशको विनिमय दर तलको तालिकामा हेर्नुहोस्-