क्रिश गौतमको ‘नक्कली’मा श्रृष्टि र राजको रोमान्स (भिडियो)

काठमाडौं, २ फागुन । मोडलद्वय राज लामिछाने र श्रृष्टि खड्काले अभिनय गरेको म्युजिक भिडियो सार्वजनिक भएको छ । क्रिश गौतमको स्वर रहेको नक्कली बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।

नवराज बरालको शब्द तथा संगीत रहेको उक्त गीतमा राजेश बिष्ट क्षेत्रीको एरेञ्ज रहेको छ । राज लामिछाने र श्रृष्टि खड्का फिचरिङ यस भिडियोको छायाँकन नरेश ऐरले गरेका हुन् ।

त्यसै गरी मिन रावलले भिडियोको सम्पादन गरेका छन् । भिडियोमा पोखराको विभिन्न रमणीय दृष्यहरु देखाईएको छ । बाँकी भिडियोमा हेर्नुहोस्-