आज नायिका सुष्मा कार्कीको जन्मदिन, कति वर्ष लागिन् ? जान्नुहोस्

काठमाडौ, २ फागुन । नेपाली चलचित्र जगतकी हट नायिकाका रुपमा चिनिएकी सुष्मा कार्कीको आज जन्मदिन परेको छ । आज अर्थात फागुन २ फेब्रुअरी १४ तारिखका दिन उनको जन्मदिन परेको हो ।

बेला-बेलामा विभिन्न स्क्यान्डलका कारण चर्चामा रहिरहने सुष्माले आज आफ्नो ३६औं जन्मदिन मनाउँदैछिन् । उनको जन्म दिनमा बिहानै देखि शुभकामनाम दिनेको अनेइरो लागेको छ ।

बर्दिया जिल्लामा जन्मिएकी कार्कीले मेरो एउटा साथी छ बाट फिल्मी करियर अगाडि बढाएकी सुष्मा लुट चलचित्रको ‘उद्रेको चोली’ मा आइटम डान्स गरेपछि झनै चर्चित बनिन् ।

हालसम्म सुष्माले दर्जनौ चलचित्रमा अभिनय गररीसकेकी छिन् भने थुप्रै फेसन शोमा क्याटवाक साथै थुप्रै म्युजिक भिडियोमा अभिनय गरी सकेकी छिन् ।