सडकमा गुड्दा गुड्दै ग्याँस ट्याँकर बि’स्फोट,मृत्यु हुनेको संख्या ३० पुग्यो,५० जना घाइते

लिमा, २ फागुन – पेरुको लिमामा गत महिना भएको ग्याँस ट्याँकर बि’स्फोटबाट मृत्यु हुनेको संख्या ३० जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गत जनवरी २३ मा करिब १० हजार लिटर एलपिजी ग्याँस बोकेको ट्याँकर बि’स्फोट भएको थियो । शुरुमा दुई जना मात्र उक्त दुर्घटनामा मारिएका र ५० जना घाइते भएका थिए, तर अधिकाँश व्यक्तिका शरीर ज’लेका कारण मृत्यु हुनेको संख्या बढेको मन्त्रालयले जनाएको छ ।

तिब्र गतिमा दौडेको ट्याँकर सडकका खाल्डाखुल्डीमा परेर ग्याँस चुहिएको अनुसन्धानकर्ताहरुले बताएका छन् । बि’स्फोटबाट भिल्ला एल साल्भाडोर जिल्लाका सडक किनाराका धेरैवटा घर र सवारी साधनमा क्ष’ति पुगेको थियो ।

सरकारी वकीलहरुले ट्याँकर चालक ७४ वर्षीय लुइस गुजमानमाथि का’रबाही चलाउन मु’द्दा दर्ता गरिसकेका छन् ।(रासस-एएफपी)