राष्ट्रियसभा सदस्य उपाध्यायको अल्पायुमै दुखद नि धन

काठमाडाैं, २ फागुन । राष्ट्रियसभा सदस्य तथा नेपाली कांग्रेसका संसद दुर्गाप्रसाद उपाध्यायको ५० वर्षको उमेरमा आज असामयिक नि धन भएको छ ।

लामो समयदेखि क्यान्सर रोगबाट थलिएका उनको लुम्बिनी सांस्कृतिक नगरपालिका–१० स्थित आफ्नै निवासमा नि धन भएको प्रदेशसभा सदस्य फकरुद्दिन खानले जानकारी दिए ।

नेपाली काँग्रेसका तर्फबाट राष्ट्रियसभाका सदस्य बनेका उपाध्याय विसं २०४६ को जनआन्दोलनदेखि आबद्ध भई सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए । विसं २०५४ मा साविक मधुवनी गाविसको उपाध्यक्षमा निर्वाचित भएका उपाध्याय दुईपटक काँग्रेसको क्षेत्रीय सभापति र महाधिवेशन प्रतिनिधि बनेका थिए ।

लुम्बिनी विकास कोषको कार्यकारिणी सदस्य रहनुभएका उपाध्यायका श्रीमती, दुई छोरी र तीन छोरा छन् । उनको लुम्बिनीमै अ न्तिम सं स्कार गर्ने कार्यक्रम रहेको प्रदेशसभा सदस्य खानले बताए ।

यसैबीच प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आग्रहमा प्रधानमन्त्री केपीशर्मा ओलीले आज संसदमा गर्ने भनिएको सम्बोधन स्थगित गरेका छन् ।

कांग्रेस सांसद दुर्गाप्रसाद उपाध्यायको नि धन भएपछि कांग्रेसले प्रधानमन्त्रीलाई सम्बोधन नगर्न आग्रह गर्दै संसद सचिवालयमा पत्र पठाएको थियो । सोहि अनुसार आज हुने भनिएको सम्बोधन स्थगित गरिएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले शनिबार विहान ११ बजे प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने जानकारी दिए ।