कांग्रेस सांसद उपाध्यायको नि धनपछि प्रधानमन्त्रीको सम्बोधन रोकियो, भोलि ११ बजे गर्ने

काठमाडौं, २ फागुन । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आग्रहमा प्रधानमन्त्री केपीशर्मा ओलीले आज संसदमा गर्ने भनिएको सम्बोधन स्थगित गरेका छन् ।

कांग्रेस सांसद दुर्गाप्रसाद उपाध्यायको नि धन भएपछि कांग्रेसले प्रधानमन्त्रीलाई सम्बोधन नगर्न आग्रह गर्दै संसद सचिवालयमा पत्र पठाएको थियो । सोहि अनुसार आज हुने भनिएको सम्बोधन स्थगित गरिएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले शनिबार विहान ११ बजे प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने जानकारी दिए ।