प्रेम दिवस : डेटिङ जाने ठाउँ नै नभएको युवायुवतीको गुनासो!

काठमाडौं, २ फागुन । आज भ्यालेनटाइन डे अर्थात प्रेम दिवस, प्रेम साटासाट गर्ने काठमाडौंमा डेटिङ जाने ठाउँ नभएको युवायुवतीको गुनासो गरेका छन् । काठमाडाैंकाे बसन्तपुरमा भेटिएका युवा युवतीहरुले डेटिङ जानलाई एउटा गतिलो पार्क पनि नभएको गुनासाे गरेका हुन् ।

काठमाडौंमा रहेका केही पार्कहरुमा माया साटासाट गर्न उपयुक्त नभएकाे उनीहरुकाे गुनासाे छ । नाम उल्लेख नगर्ने शर्तमा एक जोडीले काठमाडौंभित्र उचित ठाँउ नभेटेपछि प्रेम दिवस मनाउन गोदावरी पुग्ने बताए । उनीहरु भन्छन् , “रत्नपार्क, शंखपार्क जस्ता पार्क त छन् तर त्यहाँ पार्किङको समस्या हुन्छ, एकदमै भिड हुन्छ, खासै सुरक्षित पनि छैन त्यसैले हामी चाहिँ गोदवारी नै जाने ।”

काठमाडौंमा मानिसको तुलनामा पार्कहरु कम रहेको त्यसमा पनि उचित पार्किङ नभएको, केही खानेकुरा पनि नपाइने, कोलाहल बढी भएका कारण काठमाडौं भित्रका पार्कमा डेटिङ जाने वातावरण नै नभएको उनीहरुले बताए ।