सरकारले सुन आयातमा भन्सार बढाएपछि ह्वात्तै बढ्यो सुनको मूल्य

काठमाडौं, २५ कार्तिक । पछिल्लो समय ओरालो लागेको सुनको मूल्य पुनः उकालो लागेको छ । सरकारले सुनचाँदीमा भन्सार दर बढाएसँगै बजारमा सुनको मूल्य बढ्न गएको हो ।

नेपालबाट सुनचाँदी भारतमा गएको आशंकामा सरकारले भन्सार दर वृद्धि गरेको बताएइको छ । अर्थ मन्त्रालयका अनुसार सुनमा प्रति १० ग्राम ५ हजार रुपैयाँ भन्सार बढाएर ६ हजार ५ सय रुपैयाँ भन्सार पुर्याएको छ ।

गत शुक्रबार ६९ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार एकै दिन तोलामा १ हजार १ सय बढेर प्रतितोला ७१ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

आज सोमबारको सुनचाँदीको मूल्यसूची भने सार्वजनिक हुन बाँकी छ ।