यूएईमा भेटियो संसारकै सबैभन्दा पुरानो मोती, यसको मूल्य कति ?

एजेन्सी, ६ कार्तिक । संयुक्त अरब इमिरेट्स (यूएई) मा ८ हजार वर्ष पुरानो मोती भेटिएको छ । पुरातत्वविदहरुले यसलाई संसारकै सबैभन्दा पुरानो दावी गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ ।

यो मोतीलाई प्रदर्शनका लागि समेत राखिने भएको छ । यसलाई अबुधाबीस्थित संग्रहालयमा प्रदर्शन गरिने छ । अधिकारीहरुका अनुसार उक्त मोती मारवाह द्वीपमा भेटिएको हो । तर यसको मुल्य तोकिएको छैन ।

विशेषज्ञका अनुसार मोतीको कारोबार मेसोपोटामियासँग हुन्छ । यसलाई सेरामिक र अन्य सामानसँग ‘एक्सेन्ज’ गरिन्छ । १६औं शताब्दिमा अबुधाबीका नदी किनारमा मोती भेटिने गरेको संस्कृति विभागले जनाएको छ ।