‘अनुराग’ का निर्देशक सत्यराजले अर्को फिल्म ‘अन्तरे’ बनाउँदै

काठमाडौँ , ६ कार्तिक । चलचित्र ‘अनुराग’ का निर्देशक सत्यराज चौलागाईले नयाँ फिल्म ‘अन्तरे’ बनाउने घोषणा गरेका छन् । १२ वर्षदेखि निरन्तर नेपाली फिल्ममा सक्रिय निर्देशक सत्यराजले नयाँ कथामा फिल्म बनाउन लागेको हुन् ।

अनुराग उनले निर्देशनमा डेब्यू गरेको फिल्म हो । तर ‘अनुराग’ ले खासै सफलता हासिल गर्न सकेन् । यसभन्दा अघि उनले सहायक निर्देशकको रुपमा धेरै फिल्ममा काम गरिसकेका थिए ।

रेड आइज फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘अन्तरे’मा राज पण्डित र सुबास राईको लगानी रहने छ । हाल सत्यराज स्क्रिप्टको कामलाई अन्तिम रुप दिनमा ब्यस्त छन् ।

समसामयिक कथामा बन्ने फिल्मलाई उत्कृष्ट बनाउने निर्देशक सत्यराजले बताए । हाल केही कलाकारहरुको पनि छनोट भैसकेको छ । तर प्रमुख कलाकारहरुको छनोटको काम बाँकी रहेको बताइएको छ ।