चर्चित निर्देशक तथा कोरियोग्राफर रेमो डिसुजाको नाममा पक्राउ पुर्जी जारी, के गल्ति गरे उनले ? पूरा पढ्नुहोस्

मुम्बइ, ६ कार्तिक । चर्चित निर्देशक तथा कोरियोग्राफर रेमो डिसुजाको नाममा गाजियाबाद अदालतले गैर जमानती वारेण्ट जारी गरेको छ । धोकाधडी मामिलामा उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको हो ।

रेमोले फिल्म बनाउनको लागि एक व्यक्तिसँग ५ करोड रुपैयाँ लिएका थिए र १० करोड फिर्ता दिने बाचा गरेका थिए तर उनले बाचा पुरा नगरेपछि उनीविरुद्ध उ जुरी परेको थियो । उजुरीपछि अदालतले उपस्थित हुन पत्र काटेपनि रेमो उपस्थित नभएपछि उनिविरुद्ध पक्राउ पूर्जी जारी गरिएको हो । रेमोको तर्फबाट यस विषयमा कुनै प्रतिक्रिया आएको छैन ।

रेमोविरुद्ध उजुरी गर्ने गाजिवाबादका सत्येन्द्र त्यागीका अनुसार रेमोले उनीसँग फिल्मको लागि २०१६ मा ५ करोड लिएका थिए । त्यागीका अनुसार रेमोले फिल्म रिलिज भएपछि दोब्बर रकम फिर्ता दिने भनेका थिए तर अहिलेसम्म उनले पैसा फिर्ता दिएका छैनन् ।

कोरियोग्राफीका साथै रेमोले एबीसीडी २, अ फ्लाइङ जट र रेस ३ को निर्देशन गरिरहेका छन् । अहिले उनी बरुण धवन र श्रद्धा कपूर स्टारर फिल्म स्ट्रिट डान्सर थ्रीडीको काममा व्यस्त छन् ।