जर्मनीको हेलमा गोली चल्यो,२ जनाको मृत्यु

बर्लिन, २२ असोज – जर्मनीको हेल नगरमा बुधबार भएको गोलीकाण्डमा कम्तीमा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले गोली चलाउने व्यक्तिको खोजी कार्यलाई तिब्र बनाएको छ ।

प्रहरीले ट्वीट गर्दै गोली चलाउने व्यक्तिहरु कारमा चढेर फरार भएका र उनीहरुको खोजी कार्य तिब्र बनाइएको जनाएको छ । हेल नगरको रेलवे स्टेसन बन्द गरिएको छ भने मानिसहरुलाई घरबाहिर ननिस्कन प्रहरीले अनुरोध गरेको छ ।

उक्त घटनाको कुनै पनि व्यक्ति वा समूहले जिम्मेवारी लिएको छैन ।

बिल्ड दैनिक अखबारका अनुसार पालस जिल्लाको एक यहुथी प्रार्थनागृह अघिल्तिर उक्त गोलीकाण्ड भएको छ । यहुदीको समाधिस्थलतर्फ एउटा हाते ग्रिनेड पनि फालिएको अखबारले स्थानीयको भनाई उद्धृत गर्दै जनाएको छ । (रासस-एएफपी)