अफगानिस्तानमा अमेरिकी हवाई आ क्रमणमा तीस सर्वसाधारणको मृत्यु

काबुल, २२ असोज । पश्चिमी अफगानिस्तानमा अमेरिकाले गरेको हवाई आ क्रमणमा परी कम्तीमा ३० सर्वसाधारण मारिएका छन् । सो आ क्रमणमा परी ३९ सर्वसाधारण हताहत भएका संयुक्त राष्ट्रसंघले बुधबार जानकारी दिएको छ ।

अफगानिस्तानमा संयुक्त राष्ट्र सहायता मिसन (युएनमा) ले प्रकाशन गरेका विज्ञप्तिमा यस आ क्रमणमा परी ३९ व्यक्ति हताहत भएका बताएको छ । जस मध्ये ३० मा रिएका हुन ।  हताहत भएका यी व्यक्तिहरुमा १४ बालबालिका र एक महिला रहेका पनि सो विज्ञप्तिमा जनाइएको छ । रासस एएफपी