आफनै बुवाको कु टपि ट गरि ह त्या गर्ने आमाछोरा पक्राउ

राजविराज, २२ असोज । आफनै बुवाको कु टपि ट गरि ह त्या गरेर फरार रहेका कान्छा छोरा र मृतकका श्रीमतीलाई आज सप्तरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको महादेवा गाउँपालिका १ पकरी निवासी २३ वर्षीय नहिम पमरिया र उनको ५० बर्षीया आमा जमुनी खातुन रहेको प्रहरी नायव उपरीक्षक तिलक भारतीले बताउनुभयो ।

पारिवारीक बिवादका कारण दुई दिन अघि आइतबार राती म दिराको सुरमा नहिम पमरियाले बुवालाई कु टपि ट गर्दा ६२ वर्षीय मो. गफुर पमरियाको मृत्यु थियो । मृत्यु भएपछि मृतकका कान्छा छोरा नहिम र श्रीमती जमुनी खातुन फरार भएका थिए ।

पक्राउ परेका दुबै जना आमाछोराको ह त्यामा संलग्नता रहेको गाउँलेहरुले आंशका गरेपछि अनुसन्धानको लागि उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक भारतीले जानकारी दिनुभयो ।

दिनहुँ म दिरा सेवन गरेर घर आउने नइमले बुवासँग झगडा गरी कु टपि ट गर्दा उनको मृत्यु भएको स्थानीयबासीको भनाइ छ । यता पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय,सप्तरीले जनाएको छ ।