दशैको टिका थाप्न पुर्व प्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालको घर पुगेकी सबिता माताले यस्तो कुरा गर्दा सबै चकित (पुरा भिडियो)

काठमाडौँ । आफुमा अलौकिक शक्ति छ भन्दै बिचबिचमा कहिले भबिस्यबाणी त कहिले सुरक्षा चिन्ता लगायतका विषयहरुले चर्चामा आइरहने माता सबिता सरु आचार्यलाई धेरै सर्बसाधारणले विस्वास गर्दै आएका छन ।

वास्तवमा सबिता एक राजावादी महिला हुन् । उनले हरेक अन्तर्वार्तामा होस् वा सोसियल मिडियामा होस् राजा र हिन्दु राष्ट्रकै बखान गर्ने गरेको पाइन्छ । विज्ञानलाई विस्वास गर्नेले अन्धविस्वास भने पनि उनलाई भेट्न देश कै नामी व्यक्तित्वहरु पुग्ने गर्दछन । हिमानी साह , पुर्व राजा ज्ञानेन्द्र साह र राज परिवार, माधव नेपाल ,कृष्ण बहादुर महरा ,राजेन्द्र महतो , रेखा थापा , रबि लामिछाने लगायत धेरै प्रटिस्ठित ब्यक्तिहरु आफ्ना भक्त भएको बताउने सबिता राजाको फोटो सिरान मै राखेर निधाउने गर्दछिन ।

सबिताले आफु कुनै ज्योतिषी वा कुनै तान्त्रिक नभएर अलौकिक शक्ति भएको माता भन्ने गर्दछिन् । तर त्यसको प्रमाण भने उनलाई विस्वास गर्दै उनको ढोका सम्म पुग्ने भक्तजनहरु बाहेक अरु केहि छैन । हुन त अन्धविस्वासमा विस्वास गर्नेहरुलाई प्रयोग गरेर धेरैले रोजीरोटी पनि गर्दै आइरहेको कुरा सर्बबिदितै छ । सबिता माताले पनि आफ्नो हरेक अन्तर्वार्तामा आफ्नो रेट र सम्पर्क नम्बर विज्ञापन गर्दै आएको देख्दा उनले पनि आफ्नो रोजीरोटी राम्रै चलाई रहेको स्पष्ट हुन्छ ।

यसै सिलसिलामा सबिता माता दशैँको टिका थाप्न पुर्व प्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालको घर पुगेकी छिन । माधव कुमार नेपाल नेता भएर भन्दा पनि सविताको भेना भएको कारण उनि त्यहा पुगेकी हुन् । सबिता माताले सबैलाई दशैको शुभकामना पनि दिएकी छिन।